दास इम्पोरियमका सञ्चालक माथि कुटपिट

साझाकुरा
२०८२ जेष्ठ ३१, शुक्रबार ११:२५

हेटौंडा- हेटौंडा–१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका इम्पोरियमका संचालक विन्दल दासमाथि कुटपिट भएको हो । ३ वटा मोटरसाइकलमा आएका ८÷९ जनाको समूहले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

कुटपिटबाट दासको टाउकोमा चोट लागेको र उनको हेटौंडा अस्पतालमा उपचारमा भइरहेको छ । घटनामा संलग्नको पहिचान भइरहेको र खोजिका लागि प्रहरी परिचालनगरिएको उपरीक्षक खड्काले बताए । घटनाको मकवानपुर उद्योग वाणिज्य संघले विरोध गरेको छ । संघले घटनामा संलग्न दोषिमाथि कडा कारवाहीको माग गरेको छ ।

सामानको मोलमोलाइ नमिलेपछि असन्तुष्ट ग्राहकले योजनाबद्ध घटना गराएको देखिएकोले कानुनी राज्य र अमनचयनमा गम्भीर हुनुपर्ने संघले भनेको छ । संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले जारी गरेको बिज्ञप्तीमा आगामी दिनमा यस्ता घटना नदोहोरिन र आक्रमणकारीलाई कानुनको दायरामा ल्याइ व्यवसायी तथा आमसर्वसाधारणमा फैलिएको त्राश निराकरण गर्दै दोषिउपर कडा कारवाहीको लागि सुरक्षानिकायसमक्ष जोडदार माग गगरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*