बिपन्न दलितलाई चल्ला र दाना
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–११ स्थित सागरपथका बिपन्न दलितलाई लोटन कुखुराको चल्ला र दाना बितरण गरिएको छ । आश्रय नेपालले वडाको आर्थिक सहयोगमा ४० घरधुरीका दलितलाइ चल्ला र दाना बितरण गरेको हो । आश्रय नेपालकी अध्यक्ष सुनिता बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । बिपन्न पिछडिएका दलितलाई आयआर्जनसँग जोडेर आर्थिक सबलताको बाटोमा डो¥याउने उद्देश्यले कार्यक्रम गरिएको संस्थाकी सचिव मनिषा विश्वकर्माले बताइन् । कार्यक्रममा वडासदस्य गोपिनी सापकोटा, सागरपथ टोल विकास संस्थाका अध्यक्ष सूर्य बहादुर थिङ, सचिव बुद्धिनाथ न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
सिमलटारका बिपन्न दलितलाई चल्ला र दाना बितरण गरिएको छ । सिमलटारका २५ घरधुरीलाई चल्ला र दाना बितरण गरिएको हो । ग्रामीण जीवनस्तर सुधार मञ्च हेटौंडाको आयोजना र वडा नं. ११ को आर्थिक सहयोगमा चल्ला र दाना उपलब्ध गराइएको हो । मञ्चकी अध्यक्ष दुर्गा घोरसाइनीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा वडासदस्य गोपिनी सापकोटा, सिमलटार टोलविकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरलगायतको आतिथ्यता रहेको थियो ।







