गिट्टी, बालुवा करसंकलकको म्याद असार १ देखि सकियो

साझाकुरा
२०८२ असार २, सोमबार १२:५३

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले ढुंगा, गिट्टी, बालुवाबाट कर संकलन गर्ने दैनिक ज्यालादारीमा नियुक्त कर्मचारीको म्याद असार १ गतेदेखि नथप्ने निर्णय गरेको छ ।उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गर्दै उपमहानगर क्षेत्रभित्र खहरे, खोला तथा नदीबाट हुने अवैध नदीजन्यपदार्थको उत्खनन् र चोरी निकासी नियन्त्रण गर्न खटाइएका कर संकलकलाई अवकाश दिने भएको हो । उपमहानगरपालिकाले कर संकलकमार्फत चोरी निकासी नियन्त्रण गर्ने, जरिवाना लगाउने जस्ता कार्य गर्दै आएको थियो । अब भने ती कर्मचारीको सेवा नथप्ने र वैकल्पिक उपायमार्फत व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*