हेटौंडामा मनाइयो योग दिवस

साझाकुरा
२०८२ असार ४, बुधबार १२:१२

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले योगाभ्यासबाट स्वास्थ्यलाभ लिन सकिने बताउँदै दैनिक योगाभ्यास अपनाएर स्वस्थ्य र तन्दुरुस्त रहन नागरिकलाई आग्रह गरेका छन् ।अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको संयोजनमा हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको योगशिविरमा मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।

कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीनाले मानवजातिको स्वास्थ्य र समग्र कल्याणका लागि योग जरुरी भएको बताएका छन् । योगशिविरमा विभिन्न राजनीतिक दलका नेता, प्रतिनिधि, विभिन्न नागरिक संगठनका पदाधिकारी, सदस्यसहित २ सय जनाको सहभागिता थियो । सन २०१४ मा संयुक्त राष्ट्र महासभाले नेपालसहित १ सय ७७ देशमा अन्तर्राष्ट्रिय योगदिवसको तिथि तय गरेर मनाउन भनेको थियो । यो वर्ष ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योगको महत्व’ नारा तय भएको थियो ।

नेपाल भारत विश्व मैत्री संघ, नेपाल भारत मैत्री संघ, डायनेमिक पब्लिक लाइब्रेरी हेटौंडा र पतञ्जली योग समिति, मकवानपुरले संयुक्तरुपमा योगशिविर आयोजना गरेको हो । योगशिविर आयोजना गरेकोमा महावाणिज्य दूताबासले सबैमा आभार प्रकट गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*