करेन्ट लाग्दा भारतीय मजदुरको मृत्यु
हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा रहेको तारा फाइबर उद्योगमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ ।भारत बिहार राज्य अन्तर्गत पूर्वीचम्पारणका ४० वर्षीय भुषण बैठाको सोमबार दिउँसो करिब २ बजे तारा फाइबर उद्योगमा करेन्ट लागेर ज्यान गएको हो । उद्योग नजिकैको सोनो खोल्साबाट मोटर प्रयोग गरी पानी तान्ने क्रममा पानी नआएपछि समस्या के हो ? भनेर हेर्ने क्रममा अचानक करेन्ट लागेको जनाइएको छ ।
बैठाको शव हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बैठा तारा फाइबर उद्योगमा हेड अपरेटरको रुपमा कार्यरत थिए । उद्योग कमल सुवेदी, रमेश पौडेल र सुदर्शन बिडारीको संयुक्त लगानीमा सञ्चालनमा रहेको बताइएको छ ।







