एचआइभी संक्रमित ५ सय ६२ जनाले सेवा लिए
हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा सञ्चालित एआरटी सेन्टरबाट हालसम्म ५ सय ६२ जना एचआइभी संक्रमितले सेवा लिएका छन् ।सन् २०१२ मा स्थापना भएको सेन्टरको बुधबार भएको सरोकारवालासँगको अर्धवार्षिक समीक्षा कार्यक्रममा यो जानकारी दिएको हो । हालसम्म हेटौंडामा ३ सय २३ जना एचआईभी सक्रिय सक्रमित रहेको जानकारी दिइएको छ । कार्यक्रममा अस्पतालमा एआरटी सेन्टरका काउन्सिलरले हेटौंडामा कण्डमको मौज्दात कम हुँुदै भएको बताएका छन् ।
सहयोगी संस्थाको सहयोग कम हुँदा ३–४ महिनाको लागि मात्र पुग्ने कण्डम रहेको बताइएको छ । त्यसैगरी अन्य वक्ताले हेटौंडामा सेफ हाउस नहुँदा एचआईभी संक्रमितहरु अपहेलित हुनुपरेको बताएका छन् । पछिल्लो समय संक्रमित बढ्दै जानु तर, सरकारको बजेट संकुचित हुँदै जाँदा विकराल स्थिति देखापर्ने उनीहरुले बताएका छन् । जिल्ला समन्वय समितिले सबै पालिकासँग समन्वय गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । कार्यक्रममा हेटौंडा १ का वडाअध्यक्ष सविन न्यौपाने, गैरसरकारी संस्था मकवानपुरका अध्यक्ष रमिला सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।







