ईन्द्रसरोवर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

साझाकुरा
२०८२ असार ६, शुक्रबार ११:३१

हेटौंडा- मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकालाई ‘पूर्णखोप दिगोपना सुनिश्चित पालिका’ घोषणा गरिएको छ । गाउँपालिकालाई खोप समन्वय समिति ईन्द्रसरोवरका संयोजक तथा पालिकाअध्यक्ष देवकृष्ण पुडासैनी र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारले संयुक्त रुपमा पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् । कार्यक्रममा ईन्द्रसरोवरका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा कार्यपालिका सदस्यहरु, स्वास्थ्यकर्मीहरु, विद्यालय नर्स, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालगायतको सहभागीता रहेको थियो ।

खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, १६ वटा खोपकेन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको गाउँपालिकाले जनाएको छ । ०–१५ महिनाका १६३ जना र १६–२३ महिनाका ११४ जना बालबालिकाले पूर्णखोप लगाएका छन् । पछिल्लो सर्वेक्षणअनुसार, १६–२३ महिनाका ११४ जना बालबालिकालाई पूर्णरुपमा खोप लगाएको पालिकाको तथ्यांक छ । ईन्द्रसरोवर गाउँपालिकामा ५ वटा स्वास्थ्य केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*