थाहामा महिलाको विभत्स हत्या
हेटौंडा-मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या भएको छ । बिहीबार दिउँसो ५५ वर्षीया तुलुमाया गोपालीको हत्या भएको हो । तुलुमायाको देवर नातापर्ने स्थानीय ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए ।
घटनापछि हत्या आरोपित जीवन गोपाली आफैं हतियारसहित अपराह्न ३ बजेर ४० मिनेट जाँदा इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए । प्रहरीका अनुसार जीवन गोपालीलाई नियन्त्रणमा लिइएको छ र हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय पालुङले यस घटनालाई गम्भीरता साथ लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।







