लागूऔषध खैरोहेरोइनसहित एक युवक पक्राउ

साझाकुरा
२०८२ असार १३, शुक्रबार ११:३६

हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कक्षेत्रबाट लागूऔषध खैरोहेरोइनसहित एक युवक पक्राउ परेका छन् ।बुधबार बिहान करिब ३ः१५ बजे लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बसपार्कस्थित ठेकिको छेउमा शंकास्पदरुपमा उभिएका हेटौंडा–१२ निवासी १९ वर्षीय प्रितम बललाई फेला पारी खानतलासी गर्दा लागूऔषध खैरोहेरोइन १६ ग्राम ४०० मिलिग्राम फेला परेको मकवानपुर प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

बलले लागूऔषध प्लास्टिकमा पोको पारेर आफ्नो पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई लागुऔषधसम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*