बिडारीलाई ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार सम्मान

साझाकुरा
२०८२ असार १५, आईतवार ११:३२

हेटौंडा-बरिष्ठ अधिवक्ता, संबिधानसभा सदस्य एवम् पूर्वराष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार संरक्षण सम्मान–२०८२ द्वारा सम्मानित गरिएको छ ।एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाले समूहको संस्थापक अध्यक्षको स्मृतिमा स्थापना गरेको सम्मानबाट बिडारीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

एमनेष्टी समूह ६७ हेटौंडाको शनिबार भएको २६ औं बार्षिक साधारणसभाको अवसरमा बिडारीलाई यो सम्मानद्वारा सम्मानित गरिएको हो । बिडारीलाई ४ दशक भन्दा बढी समय मानवअधिकारको संरक्षणमा योगदान पु¥याएबापत सम्मानित गरिएको एमनेष्टी समूह ६७ का संयोजक प्रकाश ढकालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*