पत्केरी फाँटमा रोपाईँ गरेर मउवासंघले धान दिवस मनायो
हेटौंडा-२२ औं राष्ट्रिय धान दिवस मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा–१७ स्थित पत्केरी फाँटमा रोपाईँ गरी मनाएको छ । पत्केरी फाँटमा कृषक खुशप्रसाद सुवेदीको खेतमा धान रोपेर संघले धान दिवस मनाइएको हो । संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षता एवम् बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेशसभा सांसद मोक्तानले कृषि पेशालाई प्रोत्साहन तथा संरक्षण गर्नुपर्ने र कृषि नीतिलाई आधुनिकीकरण गर्नुपर्ने धारणा राखिन् ।
संघका अध्यक्ष रानाभाटले संघअन्तर्गत रहेको विभिन्न समितिमध्ये कृषि प्रवद्र्धन समिति रहेको र यस समितिले सक्रियताका साथ काम गरिरहेको बताए । कृषिप्रवद्र्धन समितिका संयोजक निलमकुमारी पाण्डेले कृषिसम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको, पालिका अध्यक्ष तथा उपाध्यक्षसमक्ष स्थानीय कृषकको लागि कृषिमा पर्याप्त बजेट विनियोजन गर्न अनुरोध गर्दै आएको बताइन् ।







