एमनेष्टी समूह ६७ हेटौडाको संयोजकमा घिमिरे
हेटौंडा- एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको २६ औं वार्षिक साधारण सभा एवम् १३ औं अधिवेशनले समूहको अध्यक्षमा प्रलाद घिमिरे सर्वसम्मत चयन भएका छन् । समूहको उपसंयोजकमा आशा ढकाल, सचिवमा पूर्णप्रसाद अर्याल, सहसचिवमा देबकुमारी ढकाल, कोषाध्यक्षमा प्रभाकुमारी घिमिरे पौडेल चयन भएका छन् । यसैगरी समूहको सदस्यहरुमा त्रिलोकमोहन थिके, सुशीलप्रसाद पराजुली, राजकुमार केसी, हीरा बर्तौला चयन भएका छन् ।
साधारणसभाकै अवसरमा समूह ६७ का संस्थापक अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको स्मृतिमा ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार संरक्षण सम्मानद्वारा बरिष्ठ अधिवक्ता, संविधान सभा सदस्य एवम् पूर्वराष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई सम्मानित गरिएको थियो । साधारणसभाकै अवसरमा मानवअधिकार शिक्षा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रशिक्षण कार्यक्रमको समूहको पूर्वअध्यक्ष बिजयकुमार बैद्य र सदस्य राजकुमार केसीले सहजीकरण गरेका थिए । साधारणसभा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सभामा एमनेष्टी इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष बिपिन बुढाथोकी, समूहका पूर्वअध्यक्षहरु बिजेन्द्रकुमार अग्रवाल, ह्यग्रीव आचार्य, बिजय कुमार बैद्य, उत्तम शर्माढकाल, नेपाल मानवअधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठ, फरेष्ट्री युथ नेटवर्कका अध्यक्ष कुशल अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
एमनेष्टी समूह ६७ का संयोजक प्रकाश ढकालको अध्यक्षतामा भएको साधारणसभामा संयोजक ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पूर्णप्रसाद अर्यालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरिएको थियो । एमनेष्टी इन्टरनेसनल बिश्वब्यापी रुपमा ब्यक्तिको नैसर्गिक अधिकार उपयोगका सन्दर्भमा वकालत गर्दै मानवअधिकारको सम्मान एवम् सुनिश्चितताको लागि विविध कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्था हो ।







