बालजागृतिले मनायो खुशीयाली
हेटौंडा- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एकजना विद्यार्थीको ४ जीपीएसहित शतप्रतिशत नतीजा हासिल गरेको हेटौंडा–२ बासुदेवमार्गस्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले सोमबार खुसियाली मनाएको छ । ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेको विद्यालयले एसईईमा उत्तीर्ण हुने सबै विद्यार्थीलाई अभिभावकको उपस्थितिमा सम्मान गरेको छ । विद्यार्थीलाई सम्मानपछि विद्यालयका संस्थापक, सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकको सहभागितामा ¥याली निकालिएको थियो । विद्यालय परिसरबाट सुरु भएको खुसियाली ¥याली हेटौंडा बजारको परिक्रमा गरी विद्यालयमै पुगेर समापन भएको थियो ।
कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृण तिमल्सिना, विद्यालयका निर्देशक मोहनप्रसाद शर्मा, संचालक प्रकाश ढकाल, बच्चुराम सुबेदी, मोहन न्यौपाने, गणेश हुमागाईं, उमेश अर्याल, विद्यालयका सल्लाहकार भानुभक्त आचार्य लगायतको सहभागिता रहेको थियो ।
४ जीपीएसहित उत्तीर्ण हुने छात्रा अनुप्रस्था देवकोटालाई विद्यालयले नगद ३५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।
यस्तै विद्यालयका प्रिन्सीपल विनोद सुवेदी, सहायक प्रिन्सीपल अमूल श्रेष्ठ र विज्ञान विषय शिक्षक प्रेम हमालले जनही १५÷१५ हजारका दरले ४५ हजार नगद पुरस्कार प्रदान गरेका हुन् । देवकोटाले विद्यालयबाट कुल ८० हजार रुपैयाँ पुुरस्कार पाएकी छन् ।बालजागृतिबाटै गतवर्ष पनि एकजना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका थिए । बालजागृतिका विद्यार्थीले लगातार ४ जीपीए अंक हासिल गरेका छन् । गतवर्ष ४ जीपीए ल्याउने मकवानपुरको एकमात्र विद्यार्थी बालजागृतिकी रितिका छत्कुली थिइन् । उनले गतवर्ष विद्यालयको तर्फबाट नगद २५ हजार रुपैयाँ, तीनजना शिक्षकबाट ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी थिइन् ।







