छोरी बलात्कार गर्ने बाबुलाई ४५ वर्ष कैद फैसला

साझाकुरा
२०८२ असार १९, बिहीबार ११:३२

हेटौंडा-छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई ४५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ती अभियुक्तलाई ७ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठको बुधबारको इजलासले थाहा नगरपालिका–१ का ३४ वर्षीय वावुले १३ वर्षीया छोरीलाई बलत्कार गरेको ठहर गर्दै यस्तो फैसला गरेको हो ।

जिल्ला अदालत मकवानपुरले हाडानाता पर्नेलाई बलात्कार गरेको अभियोगमा २५ वर्ष र बालिकालाई जबरजस्ती करणी गरेकोतर्फ २० वर्ष कैद गरी ४५ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । बलात्कृत बालिका जेठी पत्निको छोरी हुन् । २०८१ भदौ २८ गते बालिकालाई बाबुले घरमै बलात्कार गरेका थिए । बालिकाले आफू बाबुबाट बलात्कृत भएको फुपू नाता पर्नेलाई जानकारी गराएपछि उनीहरुले इप्रका पालुङमा उजुरी दिएका थिए ।उजुरीको आधारमा बाबु पक्राउ पर्नुका साथै अदालतले पुर्पक्षका लागि उनलाई भीमफेदी कारागारमा पठाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*