खोलाले बगाउँदा एकजना पर्यटकको मृत्यु
हेटौंडा-मकवानपुरको भीमफेदी गाउँपालिका–१ टौवासमा खोलाले बगाउँदा एकजना पर्यटकको मृत्यु भएको छ । शनिबार दिउँसो वनभोज खाई रमाइलो गरिरहेको अवस्थामा खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा वीरगञ्ज महानगरपालिका–५ बस्ने वर्ष ४५ को पुरुषोत्तम शर्माको मृत्यु भएको हो ।
वीरगञ्जबाट गाडी रिर्जभ गरी आएका करिब ५ जनाको समूह टौवासमा वनभोज खाई रमाइलो गरिरहेको अवस्थामा खोलामा नुहाई खोला तर्ने क्रममा पानीको बहाव बढ्न गई करिब चारसय मिटर तलसम्म बगाउँदा शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्का कार्यको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरीनिरीक्षक विश्वम्भरनाथ साहको कमाण्डमा टोली खटिएको प्रवक्ता अर्यालले जनाए ।







