रोटरी र रोट्याक्ट क्लबको स्थापना तथा सपथग्रहण
हेटौंडा-रोटरी क्लब अफ हेटौंडाको ३४ औं ररोट्याक्ट क्लब अफ हेटौंडाको१० औं स्थापना तथा सपथग्रहण कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ । आगामी सन २०२५–२६ कार्यकालका लागि नयाँ कार्यसमितिको पदस्थापनसँगै रोटरी क्लब अफ हेटौंडाको मुखपत्र स्मारिका विमोचन, उत्कृष्ट विद्यार्थी सम्मान, साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रोटरी ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी (डिजीएन) डा. ईश्वरीप्रसाद ढकालले सपथग्रहणसँगै रोटरी क्लब अफ हेटौंडाको वर्ष २०२५÷२६ का अध्यक्ष प्रमेश प्रधानलाई चार्टर प्रमाणपत्र, पिन, कोलार र ज्यावल हस्तान्तरण गरेका थिए । अध्यक्ष प्रधानले बोर्ड समितिका पदाधिकारीलाई सपथग्रहण गराएका थिए ।
रोटरी क्लब अफ हेटौंडाको नवनिर्वाचित अध्यक्ष प्रधानको नेतृत्वमा २२ सदस्यीय बोर्ड समितिको पदस्थापन भएको हो । नयाँ बोर्ड समितिमा प्रकाश ढकाल निवर्तमान अध्यक्ष, किशोर पराजुली प्रेसिडेन्ट इलेक्ट, अर्पण सञ्जेल उपाध्यक्ष, रामबहादुर थापा सचिव र सुदर्शन ढकाल कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन् । स्वागतराज प्याकुरेल सर्जेन्ट एट आम्र्स, धीरजकुमार कार्की टीआरएफ डाइरेक्टर, उज्ज्वल शर्मा भण्डारी सदस्यता निर्देशक, बासु न्यौपाने पब्लिक इमेज निर्देशक, सरोज देवकोटा सर्भिस प्रोजेक्ट निर्देशक, रोशन सेनगुप्ता युथ सर्भिस निर्देशक, दिपेश जोशी टीच चेयर, श्याम मुडभरी हेल्थ एण्ड इन्भाइरोन्मेन्ट चेयर, गोमाकुमारी बराल एडिसन एण्ड प्रिभेन्सन चेयर, सुयशराज पराजुली क्लब मेन्टर, उमाप्रसाद रौनियार क्लब ट्रेनर, प्रदीप सुवेदी जोइन्ट सेक्रेटरी, राजन न्यौपाने जोइन्ट ट्रेजर, विकास श्रेष्ठ प्रकाशन सम्पादक र दीपक अधिकारी वेबमास्टरको जिम्मेवारीमा नियुक्त भएका छन् ।
भोकेश्नल एक्सीलेन्सी अवार्ड अक्षयकोषका लागि रुद्रकुमारी वैद्यले ३ लाख २५ हजारको चेक हस्तान्तरण गरेका थिए । वैद्यले १ लाख ७५ हजार रुपैयाँ यसअघि नै प्रदान गरेका थिए भने ६ लाख थपेर ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष ढकालले संस्थाको वर्ष २०२४÷२५ को गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष अर्पण सञ्जेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष प्रधानले आफ्नो कार्यकालको पहिलो बैठक संचालन गर्दै भावी कार्ययोजना प्रस्तुत गर्दै अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।
रोट्रयाक्ट क्लब अफ हेटौंडाको १० औं पदस्थापन तथा सपथ कार्यक्रम पनि शनिबारै सम्पन्न भएको छ । कार्यक्रममै मकवानपुर जिल्लामा एसईई परीक्षामा प्रथम विद्यार्थी अस्मिता घिमिरेलाई नगद सहित सम्मान गरिएको थियो ।कार्यक्रममा रोट्रयाक्ट क्लब अफ हेटौंडाका वर्ष २०२५÷२६ अध्यक्ष केशर श्रेष्ठसहित बोर्ड समितिका पदाधिकारीलाई पदस्थापन तथा सपथ गरिएको थियो । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ हेटौंडाकी निवर्तमान अध्यक्ष सुमित्रा लामाले संस्थाको वर्ष २०२४÷२५ को गतिविधि प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ रिजन ६ र जोन ३५ का असिस्टेन्ट गभर्नर (एजी) हरिकुमार श्रेष्ठ र जोन ३४ का एजी धनबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्य रहेको थियो ।







