पत्करबाट मल बनाउने मेसिनको उद्घाटन

साझाकुरा
२०८२ असार २३, सोमबार ११:५५

हेटौंडा- डाङ्डु·े सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र जडान गरिएको पत्कर धुलो बनाउने र कुहिएको पत्करलाई धुलो बनाएर मल बनाउने मेसिनको उद्घाटन गरिएको छ ।बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले मेसिनको उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री सिलवालले मेसिनबाट उत्पादन भएको धुलो पत्कर कुखुरालाई ओछ्याउन काम लाग्ने र कुखुराको सुली मिसिएको धुलोले राम्रो मलको रुपमा प्रयोग गर्न सकिने भएकाले त्यसबाट आम्दानीको नयाँ बाटो खुल्ने बताए । उनले आफ्नो कार्यकालमा वन समिति तथा उपभोक्ताको हितमा नयाँ नीति लागू गर्न छलफल भइरहेको जानकारी दिए ।

डाङ्डु·े सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्टअतिथि बागमती प्रदेशसभा सदस्य भारती पाठकले सामुदायिक वन उपभोक्ता महासंघसँग पनि हातेमालो गर्न सुझाव दिइन् । उनले आफू सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय अध्यक्ष समेत भएकाले वनको मुद्दामा वकालत गर्दै बजेट ल्याउन पहल गरिरहेको बताइन् ।कार्यक्रममा वडाअध्यक्ष जुना दाहाल, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेमराज थापा, सहायक वन अधिकृत
सुरेशकुमार गुप्ता, वन अधिकृत दामोदर पाण्डे, सब डिभिजन वन कार्यालय सान्नान्टारका प्रमुख हरिप्रसाद अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*