पशुपतिनाथ माविमा योग शिबिर सम्पन्न
हेटौंडा-चैनपुर जेसीज मनहरीको आयोजना, मनहरी–मसिनेस्थित पशुपतिनाथ माध्यमिक विद्यालयको समन्वय र जीवन विज्ञान मकवानपुरको सहयोगमा साताब्यापी योग ध्यान शिबिर भएको छ । विज्ञानमा रुचि भएका नवप्रतिभा विद्यार्थीलक्षित गर्दै प्रयोगात्मक ज्ञान तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि साप्ताहिक निःशुल्क कार्यक्रम संचालन गरिएको थियो । असार १६ गतेदेखि विद्यालयमा सुरु भएको शिबिर सोमबार समापन भएको हो ।
विद्यालयका ७५ भन्दा बढी विद्यार्थी सहभागी कार्यक्रम चैनपुर जेसीज मनहरी वर्ष २०२५ का अध्यक्ष कृष्णप्रसाद ढकालको सभाध्यक्षतामा भएको हो । मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगर प्रमुखआतिथ्यमा कार्यक्रममा भएको हो । जीवन विज्ञान मकवानपुरका अध्यक्ष पुरुषोत्तम प्रधान, जीवन विज्ञान मकवानपुरका अनिता गौतम, निर्मला श्रेष्ठ, नीरञ्जन खतिवडा, पशुपतिनाथ मावि व्यवस्थापन समिति अध्यक्ष माधव गौतम, मनहरी गाउँपालिका–४ का निवर्तमान वडाअध्यक्ष ध्रुव खड्कालगायतको आतिथ्यता रहेको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थी र जेसीज सदस्य गरी ७५ जना बढी सहभागी रहेको कार्यक्रममा चैनपुर जेसीज मनहरी वर्ष २०२५ का महासचिव सुरेश गौतमले सहजीकरण गरेका थिए ।







