अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

साझाकुरा
२०८२ असार २४, मंगलवार ११:१६

हेटौंडा- नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघको आब्हानमा सोमबार देशभरका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेको हो ।

यसको असर मकवानपुरका स्वास्थ्य संस्थामा परेको छ । केन्द्रीय कार्यक्रमलाई समर्थन गर्दै नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरको नेतृत्वमा जिल्लाका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको थियो । मकवानपुरको हेटौंडा अस्पताल लगायत अन्य निजी अस्पतालले पनि आकस्मिक बाहेकका सेवा बन्द
गरेका हुन् । चिकित्सकहरुको बन्दका कारण सेवाग्राही भने समस्यामा परेका छन् ।

केहीदिन अगाडि उपभोक्ता अदालतले उपचारमा लापरबाहीका कारणले बिरामीलाई क्षति पुगेको भन्दै बिरामी रबिरामीका आफन्तको उजुरीमा ओम, हिमाल र ग्रान्डी सिटीगरी तीनवटा अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई उपचारमा लापरबाही भएको ठहर गर्दै क्षतिपूर्तिको फैसला सुनाएको थियो । यो निर्णय सार्वजनिक भएसँगै यसको विरुद्धमा चिकित्सक संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

संघको घोषित कार्यक्रम अन्तर्गत आइतबार आफ्नो कार्यस्थलमा पहिलो एकघण्टा धर्ना दिने, असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेक सेवा बन्द गर्ने, चिकित्सकबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय बुझाउने कार्यक्रम तय भएको छ । मंगलबार काउन्सिलमा प्रमाणपत्र फिर्ता गर्नेसम्मको आन्दोलनका कार्यक्रम घोषणागरेको छ । चिकित्सक संघको आन्दोलनको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टलकलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभिएमआइए, एनपिएचओ लगातयका संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*