थाहानगरको किटेनीमा चोरी, तीन जना पक्राउ

साझाकुरा
२०८२ असार २४, मंगलवार ११:१९

हेटौंडा-थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम केसी र बासुदेव केसीको घरमा दिनदहाडै डाँकाचोरीको घटना भएको छ ।असार २२ गते दिउँसो २ बजेदेखि ३ बजेको बीचको समयमा घरमा कोही नभएको मौका छोप्दै मुलढोकाको ताला फोडेर नगद १ लाख ५ हजार नगदसहित मोवाइल, खुकुरी समेत जिन्सी चोरी भएको हो । घटना सम्बन्धमा स्थानीयबासी र छरछिमेकले दिएको जानकारीका आधारमा संदेह गरिएका तीन जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरीपछि फरार अवस्थामा रहेका उनीहरुलाई सोहीदिन पक्राउ गरिएपछि गरिएको र शरीर तलासीमा चोरीसँग सम्बन्धित विभिन्न सामग्री फेला परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला सर्लाही हरिवन नगरपालिका–९ बस्ने ३० वर्षीय संजीव परियार, मकवानपुर थाहा नगरपालिका–२ देउलाटोल बस्ने करिब ३५ वर्षीय कान्छा भनिने प्रदीप पोडे, र ललितपुर गोदावरी नगरपालिका–१३ झरासी बस्ने करिब ३० वर्षीय चमार भन्ने बिमल नेपाली रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैयाँ नगद ६८ हजार ९ सय ३१, विभिन्न कम्पनीका ५ थान मोवाइल, सिमकार्ड १ थान सुनजस्तो देखिने पहेँलो धातुको औंठी १ थान खुकुरी, कटर चक्कु,एअरपोर्ट, घडी, मूर्ति, विड आदि अन्य सामग्री फेला पारेको हो । पीडित बलराम केसी र बासुदेव केसीले ईलाका प्रहरी कार्यालय पालुङमा छुट्टाछुट्टै जाहेरी दिएपछि चोरी तथा डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका तीनै जनालाई मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गराई अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख सविन बाबू अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*