लागुऔषध खैरोहेरोइन सहित २ जना पक्राउ
हेटौंडा-मकवानपुर प्रहरीले १ ग्राम १६० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१० का ३३ वर्षीय शनि रानाभाट र हेटौंडा–११ बस्ने २९ वर्षीय सरोज बानियाँ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभ¥याङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
हेटौंडा–१० गोरक्षेश्वर मन्दिरबाट रानाभाटलाई ५८० मिलिग्राम र बानियाँलाई १ ग्राम १६० मिलिग्राम लागूऔषध खैरोहेरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनीहरुमाथि लागूऔषध कसुर मुद्दामा जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धानकार्य भइरहेको प्रहरीले जनाएको छ ।







