गुरुपूर्णिमाका अवसरमा गुरु सम्मान

हेटौंडा- नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले निवृत्त शिक्षक समाज स्थापना दिवस तथा गुरुपूर्णिमाका अवसरमा बिहिबार एक समारोहबीच गुरु सम्मान कार्यक्रम गरेको छ । गुरुपूर्णिमाको अवसरमा विद्यालय तहको नेपाली ब्याकरणका लेखक ध्रुवकुमार भुजेलद्वारा स्थापित रामसावित्री नेपाली भाषाशिक्षक सम्मानद्वारा गोविन्दप्रसाद आचार्य सम्मानित भएका छन् । यसैगरी संस्थाद्वारा स्थापित निवृत्त शिक्षक सम्मानद्वारा वि.सं.२०११ मा जन्मनु भएका केशव शर्मा न्यौपाने, शंकरप्रसाद लामिछाने, प्रेमजी श्रेष्ठ, शिवप्रसाद गिरी, नीरञ्जन अधिकारी, सानुनानी अधिकारीलगायत ९ जना निवृत्त शिक्षकहरु सम्मानित भएका छन् ।
कार्यक्रममा रमेशप्रसाद लामिछाने, अरुण खतिवडा, हरिप्रसाद सिग्देल, शिवदयाल यादव, रमेशमोहन अधिकारी तथा नीरञ्जन अधिकारीले मन्तव्य राखेका थिए । जनार्दन खनालले कविता सुनाएका थिए । नेपाल निवृत्त शिक्षक समाज नेपालका केन्द्रीय महासचिव अभिमन्यु गौतमको प्रमुख आतिथ्यता एवम् जिल्ला समिति मकवानपुरका अध्यक्ष सीताराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पीताम्बर वास्तोलाले र स्वागत ओमप्रसाद चौलागाईंले गरेका हुन् ।