सडेको अवस्थामा पुरुषको शव फेला

साझाकुरा
२०८२ असार २७, शुक्रबार १२:१६

हेटौंडा- मकवानपुरको थाहा नगरपालिका–४ स्थित जिरोथुममा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । बिहीबार दिउँसो जगरघारी जंगलमा फेला परेको शवको पहिचान हुन सकेको छैन ।शव देखिएको विषयमा स्थानीयले जानकारी गराएपछि सीमभञ्ज्याङ प्रहरीचौकीबाट खटिएको प्रहरीले शवको मुचुल्का उठाई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थलदेखि ५÷७ मिटर टाढा निलो ट्रयाक, कालो कट्टु, सेतो धर्के सट फेला परेको र घटनास्थलदेखि २००÷३०० मिटर टाढा चप्पल भेटिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*