हेटौंडाका १२२ करदाता कारबाहीमा

साझाकुरा
२०८२ श्रावण ४, शनिबार ०८:५६

हेटौंडा-लामो समयदेखि कर नबुझाएका १२२ करदातालाई हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले कारबाही गरेको छ । लामो समयदेखि मूल्यअभिवृद्धि कर, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने प्रमुख सुवेदीले चेतावनी दिएका छन् । कर नबुझाउनेहरुको अभिलेख तयार भएको उनले बताए । नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१÷८२ मा करदाता बढेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*