जिल्लास्तरीय शिक्षकनायक गोष्ठी सम्पन्न
हेटौंडा-नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ । जिल्लाका सामुदायिक तथा संस्थगत गरी ८५ वटा विद्यालयका शिक्षकनायक सहभागी गोष्ठीले शैक्षिक संस्थामा रेडक्रसलाई अभियानको रुपमा संचालन गरी जुनियर÷युवा सर्कल गठन तथा पुनर्गठन गर्ने, रेडक्रस परिचयात्मक गोष्ठी तथा पालिकास्तरीय प्राथमिक उपचार तथा बिपद् ब्यबस्थापन लगायतका विभिन्न तालिम संचालन गर्ने निर्णय गरेको छ ।
भदौ १३ र १४ गते अरनिको मावि हेटौंडा–१९ नेवारपानीको आतिथ्यतामा आयोजना हुने जिल्ला जुनियर÷युवा रेडक्रस गोष्ठीमा जिल्लाका सबै शैक्षिक संस्थाले सक्रिय सहभागिता जनाउने लगायत ६ वटा विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरिएको नेरेसो मकवानपुरका उपमन्त्री शिबहरि दाहालले जानकारी दिए ।गोष्ठीमा अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सन्दर्भमा सुमित्रा काफ्ले, नेपाल रेडक्रस अभियानबारे पिताम्बर बास्तोला, शिक्षकनायकको काम कर्तब्यबारे शिबहरि दाहाल, जुनियर युवा अभियानबारे लक्ष्मण भट्टराईले सहजीकरण गरेका थिए ।
रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समितिका सदस्य दाहालको अध्यक्षता तथा मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेरेसो मकवानपुरका मन्त्री काफ्ले, विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष हरि वाग्ले, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, जिएस निकेतनका अध्यक्ष ऋषिराम पोखरेल, नेरेसो बस्तिपुर उपशाखा सभापति राजु घले, चन्द्रोदय माविका प्रधानाध्यापक जिधराज ढकाल, विब्यस सदस्य रामप्रसाद देबकोटाले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेरेसो मकवानपुरका कोषाध्यक्ष किशोर बर्तौला, उपकोसाध्यक्ष मंगल राखाल, सदस्यहरु रामजी सापकोटा, ईश्वर पन्डित, कृष्णबहादुर सापकोटा, गोकर्ण सुबेदी, नारायण तिमल्सिना, पिताम्बर बास्तोला, हेटौंडा–८ का वडासदस्य रिता मंग्राती, विब्यस पूर्वअध्यक्ष कुलप्रसाद पौडेल, नेरेसो मकवानपुरका कार्यालयप्रमुख लक्ष्मण भट्टाराई, लेखाप्रमुख रामजी खतिवडा, शिक्षकनायक धनराज फुँयाल लगायतको उपस्थिति थियो ।







