पहिलोपाइला शिशु स्याहारकेन्द्रको किड्स समर क्याम्प

साझाकुरा
२०८२ श्रावण ५, आईतवार १०:०८

हेटौंडा- पहिलोपाइला शिशु स्याहारकेन्द्र हेटौंडाको आयोजनामा फस्ट किड्स समर क्याम्प भएको छ । हेटौंडा एकेडेमीको सहयोग तथा रेडियो थाहासंचार मिडिया पाटर्नरको
रुपमा रहेको कार्यक्रम हेटौंडा–११, स्थित होटल स्मारकमा आयोजना गरिएको हो । समर क्याम्पमा जादुगर बलराम सरकारको लाइभ म्याजिक सो, स्थानीय कलाकार दिपेश श्रेष्ठको सांगीतिक प्रस्तुती, नृत्य, पेन्टिङ, मेहेन्ही, पौडी, सिल्पकलालगायत गतिविधि गरिएको थियो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका कार्यालय प्रमुख बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यता एवम् पहिलोपाइलाका संचालक अंकिता सुमार्गीको सभाध्यक्षतामा भएको हो ।

हेटौंडा एकेडेमीका संचालक अरुणराज सुमार्गी, एकेडेमीका दिपेन्द्र पाठक, रेडियो थाहाका स्टेशन म्यानेजर गोकुल अधिकारीलगायतको सहभागिता रहेको थियो । समर क्याम्पमा पहिलोपाइलामा अध्ययनरत बालबालिका एवम् हेटौंडाका अन्य विद्यालयका समेत गरी ४ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहेको थियो । यस्ताखाले कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने सुमार्गीले बताए ।

कार्यक्रममा भएका विभिन्न गतिविधिलाई अभिभावकको पहुँचसम्म पु¥याउनको लागि प्रयास गरिने र लाइभ फोटो प्रदर्शन गरेको उनको भनाई छ । हेटौंडा एकेडेमीमा रहेका स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्यसेवा उपलब्ध गराएको उनले बताए । कार्यक्रममा १ सय ५० बढी बालकालिका गीत, संगीत र नृत्यमा रमाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*