सबै वडामा चकटी र मुढाको प्रयोग गर्ने उपमहानगरको तयारी

साझाकुरा
२०८२ श्रावण ६, सोमबार ११:५१

हेटौंडा-नेपाली समाजमा घरेलु प्रयोजनमा प्रयोग हुँदै आएको परम्परागत चकटी र मुढा अब सरकारी कार्यालयहरुमा पनि देखिन थालेका छन् । स्थानीय सीप र संस्कृतिको संरक्षणमा जोड दिंदै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले यो अभियान सुरु गरेको हो । उपमहानगरको कार्यकक्ष, नगरपरिसरमा रहेको चौतारी र प्रतिक्षालयमा मकैको खोस्टाबाट बनाइएका आकर्षक चकटी र बाँसको मुढा राखिएको छ ।

परम्परागत सीपको संरक्षण, स्थानीय उत्पादनको प्रोत्साहनका लागि चकटी र मुढा जस्ता परम्परागत सामग्रीलाई संस्थागतरुपमा प्रयोगमा ल्याइएको उपमहानगरप्रमुख मीनाकुमारी लामाले बताइन् । यसले संस्कृतिको जगेर्नासँगै स्वरोजगार र वातावरणीय सन्तुलनमा पनि टेवा पु¥याउने उनको विश्वास छ । उपमहानगरको १९ वटै वडामा चकटी र मुढाको प्रयोग गर्ने तयारी रहेको उनले बताइन् । उपमहानगरपालिकाको चौतारी तथा प्रतिक्षालयमा राखिएका मुढा र चकटीले सेवाग्रहीलाई बस्न सहज समेत बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*