पुष्पलाल स्मृति दिवस सन्दर्भमा स्वर समर्पण–जनसांगीतिक साँझ हुने

साझाकुरा
२०८२ श्रावण ६, सोमबार ११:५३

हेटौंडा- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा स्वर समर्पण–जनसांगीतिक साँझ हुने भएको छ । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना एवम् राष्ट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरको ब्यवस्थापनमा आउँदो ७ गते स्वर समर्पण–जनसांगीतिक साँझ कार्यक्रम हुन लागेको हो । हेटौंडा उपमहानगरपालिका–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजेबाट सुरुहुने कार्यक्रममा रास्ट्रिय जनसाँस्कृतिक महासंघले १४ वटा जनवादी गतीको प्रस्तुति दिने तयारी गरेको छ । यस्तै अनेरास्ववियु लगायत अन्य जनसंगठनको समेत विशेष प्रस्तुती रहने जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेलले बताए ।

कार्यक्रममा पार्टी स्वयमसेवक विभागले स्वयमसेवक ब्यवस्थापन र परिचालनको जिम्मेवारी सम्हालेको छ । जनसंगठन समन्वय संयन्त्र प्रमुख पौडेलले कार्यक्रमको तयारी पूरा भैइसकेको बताउदै जनसंगठन समन्यव संयन्त्र नेकपा एमालेको भातृसंगठनको समन्वय र परिचालन गर्ने बैधानिक संरचना हो । संयन्त्रले जनसंगठनको प्रभावकारी परिचालन, बैचारिक राजनीतिक प्रशिक्षण, जनतासँग जनसंगठन अभियान संचालनलगायत आधारभूत तहसम्म जनसंगठन बिस्तार र सुदृढीकरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै
आएको बताए ।

यस्तै यसवर्ष पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित स्वर समर्पण–जनसांगीतिक साँझले नयाँ पुस्तालाई जनवादी गीतसंगीत मार्फत् नेपालको कम्युनिस्ट आन्दोलन, समाज र जीवनको बारेमा बुझाउने अपेक्षा आयोजकको रहेको बताए । १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए ।

नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य,नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । राणाविरोधी आन्दोलनका शहीद गंगालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए ।

छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*