विद्यार्थीलाई छात्रवृत्ति प्रदान
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–३ मा रहेको महेन्द्रकिरण माध्यमिक विद्यालयमा अध्ययनरत् गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।ललितपुरस्थित कोन्योसोम इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी हवल्दार एवम् सोही विद्यालयका पूर्वविद्यार्थी राकेश घलान र विद्यालय व्यवस्थापन समितिका जेष्ठ तथा वरिष्ठ सदस्य धनबहादुर घलानको संयुक्त सहयोगमा १० हजार रुपैयाँ छात्रवृत्तिका लागि विद्यालयलाई प्रदान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक समिर लामाले सहयोगी व्यक्तित्वप्रति विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र साथका लागि अपेक्षा
राखेका छन् । उनले यस प्रकारको सहयोगले विद्यार्थीसहित सम्पूर्ण विद्यालय परिवारलाई उत्साहित बनाएको बताए ।







