स्थापना दिवसमा वृद्धाश्रममा खाद्यान्न वितरण
हेटौंडा- हेटौंडा–७ नागस्वतीस्थित अनमोल ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरले आइतबार आफ्नो १७ औं स्थापना दिवसको अवसरमा हेटौंडा–१५ मा रहेको दिव्यसेवा निकेतन वृद्धाश्रममा खाद्यान्न वितरण तथा निःशुल्क मेहेन्दी सेवा कार्यक्रम गरेको छ ।पार्लरकी सञ्चालक उर्मिला अधिकारीका अनुसार करिब ७ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो ।
कार्यक्रममा वृद्धाश्रममा बसोबास गर्ने आमासहित करिब १ सय जनालाई निःशुल्क मेहेन्दी लगाइएको थियो । यसै अवसरमा १७ औं स्थापना दिवसको प्रतीकस्वरुप १७ जनालाई गोलाप्रथा मार्फत छानी निःशुल्क जेननेल एक्सटेन्सन सेवा प्रदान गरिने जानकारी दिइएको छ ।
ट्रेनिङ सेन्टरमार्फत् तालिम लिएर थुप्रै महिलाले आत्मनिर्भर जीवनशैली अपनाएका छन् र स्वरोजगार बनेका छन् । सामाजिकसेवामा सक्रिय रहँदै आएको अनमोल ब्युटी पार्लरले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको संन्चालक अधिकारीले जानकारी दिएका छन् ।







