लागूऔषधसहित २ जनालाई पक्राउ

साझाकुरा
२०८२ श्रावण ८, बुधबार ११:०७

हेटौंडा-१ ग्राम ७ सय १० मिलिग्राम लागुऔषध खैरोहेरोईनसहित दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटे चेकपोईन्टस्थित पूर्वपश्चिम सडकखण्डमा सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलबस्तु बाणगंगा नगरपालिका–६ घरभई हाल काठमाडौ बुढानीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष १९ को विकासराज पाण्डे र सोही मोटरसाइकलमा पछाडि सवारभई आएका सोही स्थान बस्ने वर्ष २२ को कबिन चन्दन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार रातोमाटे चेकपोईन्टस्थित पूर्वपश्चिम सडकखण्डमा सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा बर्दिबासबाट हेटौंडातर्फ आउँदै गरेको बा ८८ प १९८१ नं. को मोटरसाइकल चालक पाण्डे र पछाडि सवार चन्दनलाई शंका लागि रीतपूर्वक खानतलासी गर्दा निजहरुको साथबाट १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरोहेरोईन फेला परेको हो । लागुऔषध सहित पाण्डे र चन्दनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध मुद्दामा म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*