सुनसरीका चौधरी हेटौंडामा गाँजासहित पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले गाँजासहित एक किशोरलाई पक्राउ गरेको छ । सुनसरी ईनरुवा नगरपालिका–७ घरभई हाल विराटनगर महानगरपालिका–६ बस्दै आएका १८ वर्षीय आशनारायण चौधरीलाई ५ केजी गाँजासहित हेटौंडामा प्रहरीले पक्राउ गरेको हो । पूर्वपश्चिम सडक खण्ड अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेकपोष्टका प्रहरीले नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३६७३ को यात्रुबाहक बसलाई रोकेर जाँच गर्ने क्रममा चौधरीको साथबाट ५ केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।
पक्राउ परेका चौधरीलाई लागुऔषध कसुर मुद्दा चलाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्षमा २०८१÷८२ मा मकवानपुरमा प्रहरीले ६ हजार ४ केजी गाँजा बरामद गर्नुको साथै २ सय ८९ जनालाई लागुऔषध मुद्दामा पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा १७ जना विदेशी
रहेका छन् ।







