रोटरी क्लब अफ हेटौंडाद्वारा वृक्षरोपण

साझाकुरा
२०८२ श्रावण १२, आईतवार ११:०३

हेटौंडा-हेटौंडा–८ चन्द्रोदय मावि र मनहरी–३ र ४ हाँडीखोलामा बृक्षरोपण गरिएको छ । रोटरी क्लब अफ हेटौंडाको आयोजनामा शनिबार वृक्षरोपण गरिएको हो । ३ सय भन्दा बढी फलफूल र विभिन्न जातका विरुवा रोपिएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिए ।

उनका अनुसार रोटरी ३२९२ ले देशभरि ५० हजार विरुवा रोप्ने लक्ष्यलाई पूरा गर्न रोटरी क्लब अफ हेटौंडाले ३०० विरुवा रोपेको हो । हेटौंडा उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा वृक्षरोपण भएको हो । कार्यक्रममा हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापा, चन्द्रोदय माविका प्रधानाध्यापक जिधराज ढकाल लगायतको आतिथ्यता रहेको थियो । रोटरी डिस्ट्रिक्ट ३२९२ मा भुटानको १ र नेपालको १६४ गरी जम्मा १६५ रोटरी क्लब रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*