ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

साझाकुरा
२०८२ श्रावण १३, सोमबार १२:५२

हेटौँडा-मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मनहरी–७ रमनटारमा ना. ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौडातर्फ आउँदै बागमती प्रदेश ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चितवनको भरतपुर ११ बस्ने मोतीबहादुर क्षेत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । त्यसैगरी, स्कुटरमा सवार महिला भरतपुर महानगरपालिका ९ सरतपुरकी अन्दाजी ३६÷३७ वर्षीय नरमाया गुरूङ गम्भीर घाइते भएको र उनलाई उपचारका लागि चितवन पठाइएको जनाइएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*