रोट्र्याक्ट क्लब अफ मकवानपुरमा अमित पदस्थापित

हेटौँडा- रोट्र्याक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा अमितकुमार सिंह पदस्थापित भएका छन् । शनिबार एक समारोहबीच अमित अध्यक्षमा पदस्थापित भएका हुन् ।निवर्तमान अध्यक्ष सृजना लामिछानेको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो । कार्यक्रममा रोट्र्याक्ट क्लब अफ मकवानपुरको अभिभावक संस्था रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष विजयकुमार श्रेष्ठ र रोट्र्याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीको आतिथ्य थियो ।
क्लबको उपाध्यक्षमा सुजन राई, सचिवमा जमुना थापा, कोषाध्यक्षमा रचना कार्की चयन भएका छन् ।युवाको व्यक्तित्व, नेतृत्व विकासमा सहयोगी संस्थाको रुपमा रोट्र्याक्ट क्लबको नेतृत्वको अवसर आफ्ना लागि महत्वपूर्ण रहने नवनिर्वाचित अध्यक्ष अमितको भनाइ छ ।