मउवासंघको ५९ औं स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

साझाकुरा
२०८२ श्रावण २०, सोमबार ११:२६

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९ औं स्थापना दिवसको अवसरमा हेटौंडाका दुई सस्कृत विद्यालयमा खाद्यान्न वितरण गरेको छ । संघले हेटौंडा–१०, राप्तीतट, गोरक्षश्वरधाममा रहेको संस्कृत वेद विद्यालय र हेटौंडा–१८, ठूलोदमार, हर्नामाडीस्थित वैदिक संस्कृत गुरुकुलम्मा गई खाद्यान्न वितरण गरेको हो । मउवासंघका अध्यक्ष प्रमोदसिंह रानभाटको अध्यक्षता, हेटौंडा–१० का वडाअध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक गणेश धितालको आतिथ्यमा खाद्यान्न वितरण गरेको हो । विद्यालयमा ४० जना बटुक बालक अध्ययनरत रहेको र सस्कृतसहित अग्रेजी, गणित विषयमा पनि अध्यापन भइरहेको छ ।

त्यसैगरी हेटौंडा–१८ स्थित वैदिक संस्कृत गुरुकुलम्मा संघका अध्यक्ष रानाभाटको अध्यक्षता, हेटौंडा–१८ का वडाअध्यक्ष अनिल वानियाँको प्रमुख आतिथ्यता, विद्यालयका उपाध्यक्ष केशवराज पण्डित, संघका सचिव नेत्रप्रसाद खतिवडा, महिलाउद्यमी विकास समितिका सभापति सीतादेवी भेटवाल, कार्यसमिति सदस्य भुपेन्द्र अधिकारीलगायतको आतिथ्यतारहेको थियो । विद्यालयका ब्यवस्थापन समितिका पदाधिकारीहरु, विषयगत गुरुहरु र विद्यार्थीको कार्यक्रममा सहभागिता रहेको थियो । विद्यालयले जडिबुटी खेती, गौशाला स्थापना गर्ने उद्देश्य रहेको, विद्यालयमा १९ जना विद्यार्थी र तीनजना शिक्षक रहेका छन् । विद्यालयका उपाध्यक्ष पण्डितले अत्यावश्यक रहेको समयमा खाद्यान्न सहयोग भएकोमा धन्यवाद व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*