स्कुटर दुर्घटना हुँदा चालकसहित तीनजना घाइते

साझाकुरा
२०८२ श्रावण २०, सोमबार ११:२८

हेटौंडा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएपछि स्कुटर दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् ।बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००२ प १७४२ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेकी पैदलयात्रीलाई शनिबार ठक्कर दिई स्कुटर समेत अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा पैदलयात्री मनहरी गाउँपालिका–९ रजैयाकी ५० वर्षीया कान्छी लामा, स्कुटर चालक चितवन जिल्ला खैरहनी नगरपालिका–९ का २५ वर्षीय सिरिल बस्नेत र स्कुटरमा पछाडि सवार चितवन राप्ती नगरपालिका–७ डडुवाकी अमृता पुलामी मगर रहेका छन् । घाइतेको उपचारको लागि भरतपुर पठाएको र स्कुटर इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*