खैरोहेरोइनसहित हेटौंडा–२ का लामा पक्राउ
हेटौंडा-मकवानपुर प्रहरीले लागूऔषध खैरोहेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा हेटौंडा–२ का ३३ वर्षीय विजय लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले लामालाई हेटौंडा–९, गुम्बाचोकबाट १ ग्राम १ सय मिलिग्राम लागूऔषध खैरोहेरोइनसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीटोलीले ना ४ प ९५९६ नम्बरको मोटरसाइकलमा सवार लामालाई लागूऔषधसहित पक्राउ गरिएको हो । मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।







