कर्रामा गुम्बाको उद्घाटन

साझाकुरा
२०८२ श्रावण २६, आईतवार १६:५५

हेटौंडा- हेटौंडा–१० कर्रामा बिभिन्न दाताको सहयोगमा चारवर्ष लगाएर निर्माण भएको गुम्बाको उद्घाटन गरिएको छ ।हेटांैडा उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाले शनिबार गुम्बाको उद्घाटन गरेकी हुन् । हेटौंडा उपमहानगरपालिका कर्रामा रहेको सुखवती भुवन टासी जम्बुलिङ गुम्बा परिसरमा निर्माण भएको गुम्बाको उद्घाटन गर्दै नगरप्रमुख लामाले लामो समयदेखि ओझेलमा परेको यो क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताइन् । करिब ३४ वर्ष अघिबाट गुम्बाक्षेत्रको रुपमा विकास हुन लागेको कर्राको यो भेगले सोचेअनुरुप विकासको गति नलिएको उनले बताइन् । बजारक्षेत्रमा रहेपनि उपल्लो तहमा पहुँच अभावका कारण ओझेलमा परेपनि अब उपमहानगरले विकासको गतिलाई अघि बढाउने उनले बताइन् ।

नगरप्रमुख लामाले गुम्बाको पूर्वाधार विकासका लागि पनि पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कर्रा पुलको दक्षिण भागबाट गुम्बा जाने बाटोलाई व्यवस्थित बनाउने काममा उपमहानगर लाग्ने उनले बताइन् । उनले सडकलाई व्यवस्थित बनाएपछि अन्य विकासको काम अघि बड्ने बताइन् । २०७८ सालमा हेटौंडा उपमहानगरपालिका, ९ र १० नम्बर वडा कार्यालयको गरी ३४ लाख रुपैयाँ बजेटमा सुरु भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ । गुम्मा निर्माणमा सहयोग पु¥याएको भन्दै कार्यक्रममा उपमहानगर र ९ र १० नम्बर वडालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

समितिका अनुसार स्थानीय निकाय बाहेक बिभिन्न क्षेत्रका व्यक्तिले पनि गुम्बा निर्माणमा आर्थिक तथा अन्य सामग्री सहयोग गरेका छन् । भवन तयार भएपनि गुम्बामा हुनुपर्ने अन्य कामहरु बाँकी रहेको बताइएको छ । सुखवती भुवन टासी जम्बुलिङ गुम्बा अमर लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का अध्यक्ष फुर्वादोर्जे लामा, वडा सदस्य बिमल लामा, गुम्बा समितिका संरक्षक किताबसिंह लामा, ¥याङला गुठी समाजका अध्यक्ष सानुकुमार लामा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*