कैलाशको वार्षिक समीक्षाःपुजीँगत खर्च ७९ दशमलब ७६ प्रतिशत

साझाकुरा
२०८२ श्रावण २९, बुधबार ०८:४६

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिकाले ७९.६९ प्रतिशत पुजीँगत खर्च गरेको, चालुतर्फ ८२.४९ प्रतिशत प्रगति भएको कार्यपत्र प्रस्तुत गरिएको छ । ५१ करोड ६६ लाख ४० हजार रुपैयाँमध्ये ८१.४७ प्रतिशत रकम खर्च भएको आर्थिक प्रशासन प्रमुख नवीन धितालले बताए । उनका अनुसार संघीय कार्यक्रमबाट प्राप्त शर्सत, समानीकरण, समपूरक र राजश्व बाँडफाँडबाट प्राप्त हुने रकममा ८६.५८ प्रतिशत खर्च प्रगति भएको बताएका छन् । त्यस्तै प्रदेश कार्यक्रमबाट प्राप्त भएका विभिन्न अनुदान रकममध्ये ९४.२९ प्रतिशत खर्च भएको प्रमुख धितालले बताए ।

‘कैलाशका १० वटा वडामध्ये वडागत कार्यक्रम र खर्च प्रगतिमा वडा नम्बर १ ले ६८.४७ प्रतिशत, वडा २ ले ८५.२६ प्रतिशत, वडा ३ ले ७८.९९ प्रतिशत, वडा ४ ले ९१.१२ प्रतिशत, वडा ५ ले ९०.३९ प्रतिशत, वडा ६ ले ७९ प्रतिशत, वडा ७ ले ७४.८४ प्रतिशत, वडा ८ ले ८२.३५ प्रतिशत, वडा ९ ले ६९.८८ प्रतिशत र वडा १० ले ९६.६१ प्रतिशत खर्च गरेका छन्,’ धितालले भने । कैलाशको क्षेत्रगत खर्च प्रगतिमा आर्थिक विकासतर्फ ७१.८८ प्रतिशत, समाजिक विकासतर्फ ८५.८५ प्रतिशत, पूर्वाधार विकासतर्फ ७५.७५ प्रतिशत, सूचना तथा अन्तरसम्बन्धित क्षेत्रमा ७९.४१ प्रतिशत, कार्यालय तथा प्रशासनिकतर्फ ७८.३४ प्रतिशत रहेको उनले बताए । क्षेत्रगतको कूल रकममा ८१.३३ प्रतिशत खर्च भएको छ ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको समीक्षामा पालिका शाखागत प्रमुखहरुले आव ०८१÷८२ मा भएका कामका प्रगति, समस्या र चुनौती प्रस्तुत गर्नुका साथै वडागत सचिवले वडामा भएका राजश्व संकलन, व्यक्तिगत घटना दर्ता र योजनाको प्रगतिको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयकारी भूमिकाले आव २०८१÷८२ मा विभिन्न सूचक पुरा गर्दै जिल्लाकै उत्कृष्ट गाउँपालिका बन्ने बताए । आफ्नो लगनशीलता र अथक मिहेनतका साथ चालु आवमा पनि सहकार्य र समन्वयमा रहनको लागि उनले आग्रह गरेका छन् ।

गाउँसभाबाट निर्माण भएका कार्यक्रम र योजनालाई जेठ महिनाभित्र नै सम्पन्न गर्न सम्बन्धित शाखालाई निर्देशन दिँदै अध्यक्ष मुक्तानले भने, समयमै काम सक्ने अठोट लिनुस् । कैलाशमा स्वास्थ्य र शिक्षाको पहुँच पुग्दै रहेको अवस्थामा गाउँपालिकाले थप योजनाका साथ अघि बढ्ने बताए । गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले कर्मचारी साथीहरुको साथले गाउँपालिकाको विभिन्न क्षेत्रमा विकासले फड्को मार्दै आइरहेको अवस्था छ । आवश्यक साथ र समन्वयमा आगामी वर्षहरुमा पनि सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।

गाउँपालिकाले बजेट कार्यान्वयनमा जति प्रगति गरेको छ आगामी दिनमा पनि अझै वृद्धिका साथ प्रगति गरिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, वडा ३ का कार्यबाहक अध्यक्ष राममाया प्रजा, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*