युवा दिवसको अवसरमा बिचारगोष्ठी
हेटौंडा-२६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरको आयोजनामा बिचारगोष्ठी एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्वमूख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको हो ।
सामाजिक र राजनीतिक विकासमा युवाको भूमिका विषयक बिचारगोष्ठीमा प्रमुखअतिथि जम्कट्टेलले युवा समाज विकासको मेरुदण्ड भएको बताए । उनले युवा अध्ययनशील हुनुपर्ने बताए । समाजबाद हुँदै साम्यवादको अभियानमा युवालाई केन्द्रीत हुन जम्कट्टेलले आग्रह गरे । यसैबीच मंगलबार नेकपा (माओवादी केन्द्र) मकवानपुरको सभाहलमा भएको कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जनालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा सञ्चारकर्मी राजकुमार केसी, प्राध्यापकहरु उत्तम अर्याल, गौतम केसी, स्वास्थ्यकर्मी जयराम रायमाझी, निःशुल्क लेखापालन तालिमको सहजकर्ता किशोर अर्याल, जिल्ला खेलकुद समिति अध्यक्ष राजकुमार मोक्तान, जनयुद्धकी घाइते युवा सिलाई ब्यवसायी अंमृता पाख्रिन रहेका छन् ।







