७ किलो ४५० ग्राम गाँजासहित चितवनका तामाङ पक्राउ

साझाकुरा
२०८२ श्रावण ३१, शुक्रबार १०:४२

हेटौंडा-मकवानपुर प्रहरीले ७ किलो ४ सय ५० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ तिरुवा बस्ने वर्ष २७ को रोहित चेपाङ रहेका छन् । प्रहरीचौकी रातोमाटेबाट खटिएको प्रहरीको टोलीले राजमार्गमा चेकजांच गर्ने क्रममा तामाङलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार हेटौंडा–१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्वपश्चिम सडकखण्डमा नारायणगढबाट वीरगंजतर्फ जाँदैं गरेको ना ७ ख ६९१ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा तामाङको साथबाट गाँजा बरामद भएको हो । पक्राउ परेका चेपाङलाई जिल्ला अदालत मकवानपुरबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*