मुख्यमन्त्री बानियाँले भेटे उपप्रधानमन्त्री सिंहलाई
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेका छन् ।बिहीबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच संघीय सरकार र प्रदेश सरकारबीच सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको थियो । भेटमा उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियाँलाई बधाई दिएका थिए । सफल, पारदर्शी र जनमुखी कार्यकालको उनले शुभकामना दिएका थिए । बागमती प्रदेशका प्रमुख सहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, यातायात व्यवस्थापन, अव्यवस्थित बसोबासको पुनः व्यवस्थितिकरण र वातावरणमैत्री विकासका कार्यक्रमबारे उनीहरुबीच कुराकानी भएको मन्त्री सिंहको सचिवालयले जनाएको छ ।







