खैरोहेरोइन सहित ३ जना पक्राउ

साझाकुरा
२०८२ श्रावण ३२, शनिबार १२:२८

हेटौंडा-मकवानपुर प्रहरीले ३ ग्राम ९८० मिलिग्राम खैरोहेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका–४ नारायणीमल पछाडि भित्रिसडकमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा छापा मार्दा ३ ग्राम ९८० मिलिग्राम खैरोहेरोइन सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले बा. प्र. ०३–००६ प २६४५ नम्बरको स्कुटरमा शंकास्पद अवस्थामा रहेका ३० वर्षीय विवेक खड्का र २६ वर्षीय सुशान्त मैनालीलाई नियन्त्रणमा लिँदै खानतलासी गर्दा १ ग्राम ७३० मिलिग्राम लागुऔषध फेला परेको जनाएको छ ।

प्रारम्भिक सोधपुछ क्रममा विवेक खड्काको घर कोठामा प्रवेश गर्दा थप २ ग्राम २५० मिलिग्राम लागुऔषध र नगद ३ लाख १७ हजार बरामद भएको भएको प्रहरीप्रवक्ता श्यामु अर्यालले जानकारी दिए । फरार हुन खोजेका ४२ वर्षीय सन्तोष कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*