पहिरोले अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

साझाकुरा
२०८२ भाद्र १, आईतवार ११:३५

हेटौंडा- पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको त्रिभुवन राजपथको भैंसे–सीमभञ्ज्याङ सडक खण्ड दिउँसोबाट सञ्चालन भएको छ ।त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडकखण्डमा पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक शनिबार दिउँसोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यस्तै शनिबार बिहान मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ स्थित ज्यामिरेमा पहिरो खसेर सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक अवरुद्ध बनेको छ । सडक खण्डमा माटो, ढुङगासहितको सुक्खा पहिरो खसेर सवारी आवागमनमा अवरोध भएको र पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

यसैगरी महालक्ष्मी–चखेल–मातातीर्थ सडक पहिरोका कारण अवस्द्ध भएकोमा पहिरो पन्छाएर सुचारु गरिएको छ । ईन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी नजिकै पहिरो आएर सडक अवरुद्ध बनेकोमा पहिरो पन्छाएर मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी–चखेल–मातातीर्थ सडक सुचारु गरिएको वडा नं. ५ का वडाध्यक्ष दुतराज तितुङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*