राजा महाराजाको सेवा गर्न मुख्यमन्त्री भएको होइन : मुख्यमन्त्री बानियाँ
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आपूm राजा महाराजाको सेवा गर्नको लागि मुख्यमन्त्री नभएको बताएका छन् ।नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बिहिबार भएको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले आपूmलाई जनताले जनताकै सेवा गर्नको लागि पठाएको बताए । राजनीति नाफा नोक्सानको लागि नगरिने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले नाफा नोक्सानको लागि व्यापार गर्नुपर्ने र आपूmले पनि त्यही गरेको धारणा राखे । विगतदेखि समाजमा अन्यायमा परेकालाई न्याय दिन आपूm राजनीतिमा होमिएको उनले बताए । मुख्यमन्त्री बानियाँले जनताप्रति जवाफदेही र निष्ठावान भएर मन्त्रीहरुले पनि काम गर्ने विश्वास व्यक्त गरे ।
उनले प्रदेश सरकारले सबै धर्मप्रति समभाव राख्ने स्पष्ट पारे । धर्म व्यक्तिले धारण गर्ने भएकोले जात र धर्मको आधारमा राजनीति गर्न नहुने उनले बताए । मुख्यमन्त्री बानियाँले विगतदेखि नै कांग्रेसले मानवताको आधारमा राजनीति गर्दै आएको बताए । मानवताकै सिद्धान्तमा अडिग रहेर कांग्रेसकै नेतृत्वमा सशस्त्र जनयुद्ध अन्त्य भएर मुलुक शान्तिप्रक्रियामा प्रवेश गरेको उनले बताए । मुख्यमन्त्री बानियाँले पछिल्लो समय नेपाली कांग्रेसमा झुट र भ्रमको राजनीति बढ्न थालेको बताएका छन् ।
निर्वाचन परिणामलाई नस्वीकारेर पार्टीलाई कमजोर बनाउने गतिविधि कसैले पनि गर्न नहुने नेता बानियाँको भनाई छ । मुख्यमन्त्री बानियाँले महिलाको अस्तित्वलाई संविधानले स्वीकार र अंगीकार गरेको बताएका छन् । उनले महिलालाई आर्थिक उपार्जनको क्षेत्रमा लाग्न आग्रह गरे । प्रदेश सरकारले महिलालाई सीपमूलक काममा लागेर आत्मनिर्भर बनाउने योजनामा रहेको मुख्यमन्त्री बानियाँले उल्लेख गरे । प्रदेश सरकारले महिलाको क्षमता विकासका लागि विभिन्न जीवनोपयोगी तालिम सञ्चालन गरिरहेको उनले बताए । मुख्यमन्त्री बानियाँले संविधान संशोधनमार्फत् नेतृत्व तहमा महिलाको उपस्थितिलाई सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले आफ्नो नेतृत्वको सरकार गरिब, निमुखा र आवाजविहीन जनताको पक्षमा दृढतापूर्वक उभिने बताए । उनले प्रदेश सरकारले आर्थिक अवस्था कमजोर भएका गरिब तथा एकल महिलाका बालबच्चालाई पढाउनेदेखि गरिब परिवारका लागि आफ्नै तलबबाट घर बनाइदिनेसम्मका कार्यक्रम अघि सारेको बताए । प्रदेश सरकारले गरिबका छोराछोरीलाई डाक्टर र नर्स पढाउन छात्रवृत्तिको व्यवस्था गरिसकेको उनले बताए । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ, मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, हेटौंडा उपमहा नगरउपप्रमुख राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।







