जेसीआई हेटौंडाको आयोजनामा पोशाक वितरण

साझाकुरा
२०८२ भाद्र ७, शनिबार १२:२९

हेटौंडा-जेसीआई हेटौंडाको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित श्रीभैरव आधारभूत विद्यालयमा पोशाक वितरण गरिएको छ ।जेसी सृजनराज बज्राचार्यले संयोजन गरेको कार्यक्रम जेसीआई हेटौंडा वर्ष २०२५ का शाखाअध्यक्ष सिनेटर पंकजदास बानियाँको सभाअध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हुद्धबहादुर दलामी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल सुनार, जेसीआई हेटौंडा वर्ष २०२५ का निवर्तमान शाखाअध्यक्ष तथा नेपाल जेसीस वर्ष २०२५ का राष्ट्रिय महासचिव सिनेटर विकेशलाल श्रेष्ठको आतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुखअतिथि वडाअध्यक्ष न्यौपाने, विशिष्टअतिथि सिनेटर श्रेष्ठलगायतले विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । कार्यक्रममा ४३ सेट टिसर्ट तथा टाउजर वितरण गरिएको थियो । जेसीआई हेटौंडा वर्ष २०२० का शाखा अध्यक्ष सिनेटर राजदेव बानियाँले जेसीआई हेटौंडाले विद्यालयमा पोशाक वितरणलगायत शैक्षिक सामग्री वितरण गर्दे जाने कार्यलाई निरन्तता दिने धारण राखे । पोशाक सौजन्य गर्ने जेसीआई हेटौंडालाई विद्यालयले धन्यवाद सहित आगामी दिनमा पनि निरन्तर सयोगको अपेक्षा व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*