सवारी दुर्घटनामा कविताको मृत्यु
हेटौंडा-हेटौंडा–९ पशुपतिनगरस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार साँझ ५ बजेतिर भएको सवारी दुर्घटनामा बीरगंज–१३ मुर्लीकी ४३ वर्षीया कविता जोशी श्रेष्ठको निधन भएको छ । रातोमाटेबाट हेटौंडातर्फ आउदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नं. को मोटरसाइकल र हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ९०६९ न.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा बा.प्र.०३ ००५ प ९०६९ न.को मोटरसाइकल चालक पर्साका बीरगंज–१३ मुर्ली बस्ने वर्ष ४८ को प्रवीण श्रेष्ठ र निजकी श्रीमती कविता जोशी घाइते भएका थिए । कविता जोशीलाई हेटौंडाबाट रातोमाटेतर्फ जादै गरेको ना ७ ख ५०१० न.को बसले समेत ठक्कर दिएको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन् । गम्भिर घाइते भएका दुवै जनालाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा पछाडि सवार जोशीर्को उपचारको क्रममा मृत्यु भएको र शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।







