अस्पताललाई सबै लायन्सले अपनत्व लिऔंः डिजि बस्नेत

साझाकुरा
२०८२ भाद्र ८, आईतवार ११:५८

हेटौंडा-हेटौंडा–९ कर्रामा रहेको लायन्स क्लब अफ हेटौंडाको निर्माणाधीन अस्पताललाई बिश्वभरका लायन्सहरुले अपनत्व लिनुपर्नेमा शुक्रबार हेटौंडामा आयोजितकार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।लायन्स क्लब अफ हेटौंडाको आयोजनामा भएको डिजि क्लब भिजिट कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब ईन्टरनेशनल ३२५ एसका डिष्ट्रिक डाईरेक्टर बिनय बस्नेतले यस्तो आग्रह गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका बस्नेतले ४८ वर्ष पुरानो क्बलले निकै पछि भएपनि एउटा उदाहरणीय काम गर्न सफल भएकोमा खुशी ब्यक्त गरे । यो एलसी हेटौंडाले सुरुवात गरेको भएता पनि यसलाई पूर्णता दिनको लागि देशभरका लायन्स क्लबले अपतत्व लिन र सञ्चालनमा पनि हातेमालो गर्न सुझाव दिए ।

उनले लायन्स ईन्टरनेशनल बाट पनि अस्पतालको उपकरणहरुको लागि ग्राण्टको लागि पहल गरिने प्रतिवद्वता जनाए । कार्यक्रमलाई सम्बोधन गर्दै पिडिजि राजकुमार सिन्धीले आफ्नो कार्यकालमा सुरु गरको वेलफेयर सेन्टरले अहिले मुर्तरुप पाएकोमा खुशी लागेको बताउंदै निर्माणाधीन अस्पतालका परिकल्पनाकार सुदर्शन अधिकरीको योगदानको कदर गर्दै आफूले पनि अस्पताल निर्माणमा ५ लाख सहयोग गर्ने घोषणा गर्ने बताए ।

लायन्स क्लबका पूर्वडिष्ट्रिक गर्भनर शम्भु नकर्मीले निर्माणाधीन अस्पतालको शीघ्र निर्माण र सञ्चालनको लागि हेटौंडामा रहेका लायन्स क्लबहरुले पनि हातेमालो गर्न आग्रह गरेका थिए । यसैगरी निर्वतमान गर्भनर तासीडोल्मा तुम्बाहाम्फेले आफ्नो कार्यकालमा पनि अस्पतालको प्रश्ताव ईन्टरनेशनलमा पठाएकोमा प्राबिधिक कारणले पास हुन नसकेकोले आगामी वर्षमा पुनः ईन्टरनेशनल ग्राण्डको लागि प्रश्ताव पेश गर्न सुझाव दिइन् ।

लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष रामकृष्ण चौलगाईको अध्यक्षातमा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष बिके महर्जनले लायन्स क्लबको ईतिहास र लायन्स ऋतम्भरा बैकल्पिक स्वास्थ्य प्रतिष्ठान द्वारा सञ्चालनमा आउन लागेको पुनर्नवा अस्पतालको निर्माण योजना, सञ्चालनबिधि र आगामी योजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*