इन्दिरा डल्लाकोटी र पवित्रा विश्वकर्मालाई जागरुक महिला सम्मान प्रदान

साझाकुरा
२०८२ भाद्र ८, आईतवार १२:०३

हेटौंडा-दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मकवानपुरको आयोजनामा जागरुक महिला सम्मान तथा तीज विशेष कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शनिबार कार्यक्रम भएको हो । यसवर्षको ‘जागरुक महिला सम्मान २०८२’ इन्दिरा डल्लाकोटी र पवित्रा विश्वकर्मालाई प्रदान गरिएको छ । डल्लाकोटी हाम्रो घर नामक संस्थामार्फत् अभिभावकविहीन बालबालिकाको संरक्षणमा सक्रिय रहँदै आएकी छिन् । यस्तै दलित महिला संघकी केन्द्रीय कोषाध्यक्ष विश्वकर्मालाई दलित समुदायको हकअधिकार स्थापित गर्ने कार्यमा सक्रिय योगदानका लागि सम्मान गरिएको हो ।

दुबै जनालाई जनही नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए । रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा दिव्यतारा बहुउद्देश्यीय सहकारीमा अध्यक्ष गणेश बल लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*